हेटौंडाः राहत शिक्षक समिति बागमती गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर राना चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको दोस्रो अधिवेशनले रानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेकोे हो ।
अधिवेशनबाट रानाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा सुनिता लामा, महिला उपाध्यक्षमा उषा माझी, कोषाध्यक्षमा ज्ञानबहादुर राई र सचिवमा ज्ञानबहादुर लामा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गीता राउत, रोशन सिन्तान, एक्काबहादुर दोङ, वीरमान घलान, हरिबहादुर जर्गा, कमला सिन्तान, रेखा रिजाल र सन्तलाल पाख्रिन चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बागमती गाउँपालिका प्रमुख सर्केश घलानले संघीय शिक्षा शिक्षा हालसम्म जारी नहुँदा स्थानीय सरकारले शिक्षामा उचित निर्णय गर्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । विद्यालयहरूमा लामो समयसम्म कार्यरत रहेका हजारौं राहत शिक्षकहरूको अधिकार, माग र मुद्दा न्यायोचित ढंगले अब जारी हुने संघीय शिक्षा ऐनले सम्बोधन हुने गरी व्यवस्था हुनुपर्ने उहाँको धारणा छ ।
स्थानीय तहको शिक्षाको परिवर्तनका लागि राहत शिक्षकको ठूलो योगदान रहेको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि पालिकासँग सहकार्य गरी थप शैक्षिक सुधारका लागि लाग्न उहाँले आग्रह गर्नुभयो । साथै राहत शिक्षकहरूको हक, अधिकार तथा जायज माग र मुद्दा सम्बोधनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बागमती गाउँपालिकामा हाल मावि, निमावि र प्रावि तहमा राहत शिक्षक दरबन्दीमा १ सय १० शिक्षक कार्यरत छन् ।
हस्त रानाको सभाध्यक्षमा सम्पन्न अधिवेशनमा राहत शिक्षक केन्द्रीय समिति सदस्य सन्देश तुम्सिङ, मकवानपुर जिल्ला सहसचिव जीवन तिमल्सिना, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई लगायत पालिका अन्तर्गतका राहत शिक्षकहरूको उपस्थिति रहेको थियो ।