हेटौंडाः राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरअन्तर्गतका डोजाङ तथा विद्यालयहरुमा प्रशिक्षणरत खेलाडीहरुको बेल्टटेस्ट सम्पन्न भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार शनिबार बेल्टटेस्ट भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न ७ वटा डोजाङका ह्वाइट बेल्टदेखि रेड बेल्टसम्मका १०७ जना खेलाडीहरुको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेश सचिव भोजराज पराजुलीले जानकारी दिनुभयो । बेल्टटेस्टको नतिजा एक साताभित्र आउने पराजुलीले बताउनुभयो ।
संघका केन्द्रीय सदस्य नारायण सिंह थिङको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मदनकुमार श्रेष्ठ, उपाध्यक्ष केशबबहादुर कार्की, सचिव रवीन्द्र राई, सहसचिव रावन कीष्म राई र कोषाध्यक्ष दीपेन्द्र नेपालीको उपस्थिति थियो ।