हेटौंडाः प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटाउन नियुक्त गरिएका म्यादी प्रहरीले हेटौंडा–६, चौघडास्थित स्वास्थ्य चौकीको सरसफाई गरेका छन् । प्रहरी चौकी चौघडाको अग्रसरतामा नेपाल प्रहरीसमेतको सहभागितामा म्यादी प्रहरीले शुक्रबार स्वास्थ्य चौकी परिसर सरसफाई गरेका हुन् ।
निर्वाचन कार्यक्रमको मुख्यदिन अर्थात् मतदान गर्ने दिनका लागि नेपाल प्रहरीको सहयोगीको रुपमा खटिने म्यादी प्रहरीले यतिबेला ट्राफिक व्यवस्थापन, समुदायको सुरक्षा अवस्थाको अनुगमन, बजार क्षेत्रको भीडभाडको सुरक्षामा खटिएका छन् ।