सांकेतिक तस्विर ।

हेटौंडाः आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकी हेटौंडा–८, कमानेकी २७ वर्षीया गंगा सापकोटा देवकोटा धरौटीमा रिहा भएकी छिन् । शुक्रबार जिल्ला अदालत मकवानपुरले गंगालाई २ लाख ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कात्तिक ५ गते शनिबारका दिन हेटौंडा–८, कमानेकी एक महिलाले गंगासँगको लेनदेन विवादमा आत्महत्या गरेकी थिइन् । मृतक महिलाका छोराले गंगा र अर्का एकजना विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गरेको थियो । अर्का प्रतिवादी फरार रहेकाले प्रहरीले फरार प्रतिवादीको नाम सार्वजनिक गरेको छैन । फरार प्रतिवादीको खोजी कार्य जारी रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभएको छ ।