हेटौंडाः मिथ्या सूचनाले लोकतन्त्रमा पार्ने प्रवाभसम्बन्धमा बिहीबार हेटौंडामा अन्तरक्रियाको आयोजना गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा हेटौंडामा अन्तरक्रियाको आयोजना गरिएको हो । अन्तरक्रियामा फ्याक्च चेक नेपालका उमेश श्रेष्ठ र सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष भुवन केसीले सञ्चार माध्यममा मिथ्या सूचनाको प्रवाहसम्बन्धमा प्रस्तुती राख्नुभएको थियो ।
मिथ्या सूचनाले आम सर्वसाधारणमा पार्ने प्रभावका विषयलाई लिएर सहभागीले चर्चा गरेका थिए । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल, बागमती प्रदेश सभा सदस्य दीपक निरौला, रमेश पौड्याल, प्रेमबहादुर पुलामीको समेत सहभागिता रहेको कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले पनि सञ्चार माध्यममा समेटिने विषय वस्तु र मिथ्या सूचनाका विषयमा धारणा राख्नुभएको थियो । पछिल्लो समय युट्युवबाट बढीजसो मिथ्या सूचना सम्प्रेषण भइरहेको विषयमा पनि चर्चा गरिएको थियो ।