सांकेतिक तस्वीर ।

हेटौँडाः नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–५, भंगेरीमा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय हरी तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ बजेर ३० मिनेटको समयबाट तामाङ घरमा कसैलाई नसोधि हराई बेपत्ता भएका थिए । बेपत्ता तामाङलाई प्रहरी र आफन्तहरुले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान ८ बजेर ३० मिनेटको समयमा घर देखि ४ किलोमिटर पर शिवपुरी गाउँपालिका–५, तारे भिर स्थित घ्याङ्स्वरा मानेभन्ज्याङ सडकबाट ४ मिटर भिरमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि त्रिसुली अस्पताल नुवाकोट लगिएको छ ।