हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाका दुईजना र रौतहट जिल्लाका एकजना छन् ।
बिहीबार राती ११ बजेर ४५ मिनेटमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ७४ वर्षीय पुरुषको मृत्यु भएको छ भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटको समयमा हेटौंडा–११ का ६० वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पताल कोभिड वार्डका सूचना अधिकारी राजदेव झाले जानकारी दिनुभयो ।
यस्तै शुक्रबार बिहान ९ बजेर ३० मिनेटमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ का ४६ वर्षीय पुरुषको इमर्जेन्सी वार्डमै उपचारको क्रममा मृत्यु भएको झाले जानकारी दिनुभएको छ । हेटौंडाका दुबैजनाको भने आइसियुमा उपचाररत थिए ।