हेटौंडाः सुशासन तथा सामाजिक जवाफदेहिता प्रवद्र्धनका अन्तरसम्वाद कार्यक्रम गरिएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुर र डेक नेपालले अन्तरसम्वाद गरेको हो । सामाजिक जवाफदेहिताका औजारहरुसम्बन्धी सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।
अमेरिकी सहयोग नियोग (यूएसएआइडी)को आर्थिक सहयोगमा सम्पन्न अन्तरसम्वाद कार्यक्रममा नागरिक समाज मञ्च मकवानपुरका कार्यसमिति, गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा डेक नेपालकी परियोजना निर्देशक कोपिला डंगोलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश उपाध्यक्ष आरती पाठक, डेक नेपाल मकवानपुरका कार्यक्रम संयोजक मानबहादुर वाइबालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तरसम्वादमा विकास तथा सुशासनका अवधारणा, महत्व, जिम्मेवार निकाय, आधारहरुको बारेमा जानकारी गराइएको थियो । यस्तै, सुशासन प्रवद्र्धन र प्रत्याभूतिका उपाय तथा सामाजिक जवाफदेहिताका बारेमा पनि सहजीकरण गरिएको थियो ।