रक्तदान कार्यक्रमका अतिथि तथा रक्तदाताहरु । तस्वीरः रणधिर गुप्ता ।

हेटौंडाः ७१ औं प्रजातन्त्र दिवस २०७७ को अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । प्रजातन्त्र दिवसको सन्दर्भमा कर्मचारी मिलन केन्द्र मकवानपुरको आयोजनामा बिहीबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएकोे हो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिके, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीलगायत जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस्तै शुक्रबार पनि अनेरास्ववियुले रक्तदान कार्यक्रमको आयोजना गर्ने रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दहालले बताउनु भएको छ ।