सामुहिक तस्बिर ।

हेटौंडाः हेटौंडा–२ स्थित विलक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा वनभोज कार्यक्रम गरेको छ । मकवानपुरको ऐतिहासिक एवम् पर्यटकीयस्थल मकवानपुरगढी दरबार क्षेत्रमा पुगेर शनिबार सहकारी शिक्षा तथा वनभोज कार्यक्रमको आयोजना गरेको हो ।

सहकारीको शिक्षा समितिका संयोजक भानुभक्त थपलियाको अध्यक्षता तथा सहकारीका अध्यक्ष विश्वराज बानियाँको प्रमुख आतिथ्यमा सहकारी शिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा सहकारीका सचिव डा. यमबहादुर सिलवालले सहजीकरण गर्नुभएको थियो । सहकारीमा सदस्यको भूमिकालाई बढाउन र सदस्यहरुको हितमा प्रभावकारी कार्य गर्न सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बानियाँले बताउनुभएको छ ।

आठ सय ४४ जना सेयर सदस्य रहेको सहकारीको एक करोड ३४ लाख रुपैयाँ सेयर पुँजी रहेको छ भने दुई करोड ७२ लाख रुपैयाँ बचत संकलन तथा ४ करोड १८ लाख रुपैयाँ ऋण लगानी रहेको व्यवस्थापक अच्युत देवकोटाले जानकारी दिनुभएको छ ।