हेटौंडाः मकवानपुरमा ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशलामा आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १८ जना, थाहा नगरपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना, नेपाल प्रहरीका १० जना, चितवन र काठमाडौं स्थायी ठेगाना भएका १/१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।