हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसेन वार्डले आज ९७ वटा नमूना कोरोना भाइरस परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थितत प्रयोगशालामा पठाएको छ ।

परीक्षणका लागि पठाइएको नमूनामध्ये २ वटा आइसोलेसन वार्डमा रहेका विरामीको छ भने अन्य नमूना स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिन, होम क्वारेन्टिनमा रहेका व्यक्ति तथा हेटौंडा अस्पतालस्थित ज्वरो क्लिनिकबाट रिफर भएका व्यक्तिको स्वाब नमूना रहेको आइसोेलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । हिजो पठाइएको ४६ वटा स्वाब नमूनाको आज साँझसम्ममा रिपोर्ट आउने पनि जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभएको छ ।

अहिले कर्रास्थित आइसोलेसन वार्डमा ३७ जना कोरोना सङ्क्रमितहरु उपचाररत छन् । मकवानपुर जिल्लामा हाल ३९ जना सक्रिय सङ्क्रमित छन् । हिजो पहिचान भएका २ जना सङ्क्रमितलाई आइसोलेसन वार्डमा ल्याइँदै छ ।