सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा-१६, हटियामा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु भएको छ। बिहीबार राती ८ बजेर २० मिनेटको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बा प्र ०३-०४ प ९५२६ नम्बरको स्कुटरले पैदलयात्री ७६ वर्षीय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको हो।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका बास्ताकोटीको उपचारको क्रममा बिहीबार राती १० बजेर ५५ मिनेटमा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बृद्धलाई ठक्कर दिने स्कुटर चालक हेटौँडा-१७, ठुलोगँगटेका २७ वर्षीय सन्दिप थापा पनि घाइते भई चुरेहिल अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।