हेटौँडा : मकवानपुरगढी गाउँपालिका–५, सिमलटारमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय भूमिनन्द तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शुक्रबार बिहान ८ बजेर ४० मिनेटको समयमा तिमल्सिनालाई घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । तिमल्सिनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेर २२ मिमनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव अस्पतालमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।