हेटौँडा : अटोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । अटोको ठक्करबाट मनहरी–१, हाँडीखोलाकी ७७ वर्षीया हरिमाया मैनाली गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो २ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१०, नारायाणी मल नजिक बाटो काट्ने क्रममा हरिमायालाई अटोले ठक्कर दिएको थियो । कर्राबाट बुद्वचोकतर्फ जाँदै गरेको ना २ ह २१८९ नम्बरको अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ । अटो र अटोचालक हेटौँडा–४ निवासी ४६ वर्षीय सुदीप वाइबा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ । घाइते हरिमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।











