फाइल तस्विर

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा पाथीभरा गोल्डले हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन आश्रममा फलफुलका वृक्षरोपण गरेको छ । क्लबले मेवा, एभोकाडो, कागती, अनार, अम्बा, कुरिलो लगायत ५६ वटा विरुवा रोपेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा पाथीभरा गोल्डकी अध्यक्ष रश्मि बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लायन्स क्लबका एरिया को–चिफ मनु लामा, रिजन चेयरपर्सन बिष्णुहरी पण्डित, लायन्स क्लब अफ मकवानपुर बसामाडीका अध्यक्ष श्याम टिबडेवाल, दिव्यसेवा निकेतन आश्रमका केन्द्रीय अध्यक्ष टीएन निरौला लगायतको आतिथ्य रहेको थियो । क्लबकी पूर्वअध्यक्ष माधवी बोसले आफ्नी आमाको स्मृतिमा आश्रयमा रहेकालाई विहानको खाजा खुवाउनुभएको कार्यक्रम संयोजक सविना थापाले जानकारी दिनुभएको छ ।