प्रतियोगितामा सहभागी खेलाडीहरु।

हेटौँडा: मकवानपुर जिल्लास्तरीय बक्सिङ प्रतियोगिता सुरू भएको छ। मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो।

मकवानपुर जिल्ला बक्सिङ संघको आयोजना, हेटौँडा उपमहानगरपालिकाको प्रायोजन तथा ५ नम्बर वडा कार्यालयको सहप्रायोजनमा प्रतियोगिता भएको हो। प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

प्रतियोगितामा ४८ केजीदेखि ७५ केजी तौल समूहका ३८ जना खेलाडीको सहभागिता रहेको छ। प्रतियोगिताको फाईनल खेल सोमबार हुनेछ। उद्घाटन कार्यक्रममा २ नम्बर वडाध्यक्ष बिष्णुगोपाल महर्जन, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेको पनि आतिथ्य रहेको थियो।