सांकेतिक तस्वीर ।

हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२, ज्याम्दी देउराली चौरको डिलबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय रोशन मिजार रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार दिउँसो ३ बजेको समयमा रोशन फुटबल ग्राउण्डमा सुतेको चौरको डिलबाट ७ फिट तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाईते भएका थिए । घाइते रोशनलाई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपा लगिएको थियो । उपचारका क्रममा रोशनको बिहीबार बिहान २ बजेर २४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।