सपथग्रहणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : मदन भण्डारी फाउण्डेसन जिल्ला शाखा मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । फाउण्डेनका नवनिर्वाचित अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा मदन भण्डारी फाउन्डेसनका संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा सपथ ग्रहण कार्यक्रम भएको हो ।

गत शनिबार सम्पन्न अधिवेशनबाट रघुनाथ खुलालको अध्यक्षतामा फाउण्डेसनको २१ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको थियो । सपथ ग्रहणपछि बसेको कार्यसमितिको प्रथम बैठकले ३३औं मदन–आश्रित स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गर्ने निर्णय गरेको फाउण्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो । जेठ १ गते दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण गर्ने, जेठ २ गते ‘गणतन्त्रमा जबज र समाजवादको यात्रा’ विषयक गोष्ठी आयोजना गर्ने, जेठ ३ गते दिव्य बालउद्यान, हेटौँडा–९ मा श्रद्धाञ्जली सभा आयोजना गर्ने सचिव केसीले बताउनु भयो ।