हेटौँडा : नेकपा एमाले निकट प्रेस संगठन प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दहाल चयन हुनुभएको छ । आइतबार सम्पन्न भएको प्रेस चौतारी मकवानपुरको नवौं अधिवेशनले दहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । दहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
प्रेस चौतारी मकवानपुरको उपाध्यक्ष खुलामा शिव चौलागाईं र महिलामा प्रतिक्षा न्यौपाने चयन हुनुभएको छ । सचिवमा नवीन प्रसाद तिमल्सिना (रेवती), उपसचिवमा सुमन दहाल र समावेशी उपसचिवमा मनिल महतो चयन हुनुभएको छ । कोषाध्यक्षमा अशोक बजगाई चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा विनोद कुमार सापकोटा, स्मिता अर्जेल, सरोज पौडेल, निशा गुरुङ र सुरेश गुरुङ चयन हुनुभएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने छ । ३ जना सदस्य मनोनित गर्नेछ । प्रेस चौतारी मकवानपुरका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षता तथा नेकपा एमालेका नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा शनिबार अधिवेशनको उद्घाटन भएको थियो ।