हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाकी ३७ वर्षीया माइलीमाया घलान भिरबाट लडेर गम्भीर घाइते भएकी छिन् ।

आइतबार बिहान ९ बजेको समयमा कैलाश गाउँपालिका–९, दमारढुंगाकी माइलीमाया घरबाट उत्तरतर्फको भिरमा घाँस काट्ने क्रममा १५० मिटर तल खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी माइलीमायाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।