हेटौँडा ः नेपाल विद्यालय कर्मचारी परिषद् हेटौंडा उपमहानगर समितिको अध्यक्षमा पुरुषोत्तम ढकाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार परिषद्को प्रथम नगर अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा प्रदीप न्यौपाने, महिला उपाध्यक्षमा सुधा नेपाल, सचिवमा युवराज तिमल्सिना, सहसचिवमा राममाया सापकोटा र कोषाध्यक्षमा सन्तोष परियार चयन हुनुभएको छ । सदस्यहरुमा रमेश थापा, सविन बास्तोला, महेशप्रसाद घिमिरे, सावित्री थिङ, वासुदेव लामिछाने, सुजया सुवेदी र चन्द्रावती लामा चयन हुनुभएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति सचिवालय सदस्य बालकृष्ण दहालको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो । अधिवेशनमा कृष्णबहादुर मानन्धर, राजनप्रसाद अधिकारी, सज्जन रिमाललगायतको उपस्थिति थियो ।