हेटौडाः लकडाउनका कारण हेटौंडा–४, हुप्रचौरस्थित भुवनेश्वर महादेव मन्दिर बन्द रहदा यस वर्षको साउन महिनाको पहिलो सोमबार भक्तजनले मन्दिर परिसर बाहिरबाटै पुजा गरेका छन् । मन्दिरको मूलगेट बन्द गरिएको छ । मन्दिर प्रवेशमा रोक लगाइए पनि भक्तजनहरुबीच भौतिक दूरी कायम गराउने प्रयास भने भएको छैन । सुरक्षाकर्मी मन्दिरको मूलगेट लगाएर मन्दिर परिसर भित्र बसेका थिए ।
हिन्दु धर्मावलम्बीहरुले साउन महिनामा भगवान शिवलाई आस्थाका साथ पुजा अर्चना गर्ने गर्दछन् । सोमबार बिहान स्नान गरेर शिव मन्दिरमा पुजा अर्चना गर्नुका साथै व्रत बस्ने परम्परा पनि रहेको छ ।