हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा सोमबार झरीका कारण ठप्प भएको छ । व्यवसायी शारदा खुलालका अनुसार निरन्तर तरकारीको मूल्य उकालो लागेका बेला झरीका कारण सोमबार बजार ठप्प भएको हो । भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डीको मुल्य केहि मात्रामा बढेको थियो ।

सोमबार तरकारी बजारमा किसानले तरकारी पठाएनन् । हेटौंडाको थोक तरकारी बजारमा सोमबार काउली प्रतिकेजी ७० रुपैयाँदेखि ८० रुपैयाँ, बन्दा प्रतिकेजी १५ रुपैयाँ, गोलभेंडा प्रतिक्रेट दुई सय रुपैयाँमा कारोबार भएको छ । मुला प्रतिकेजी २० रुपैयाँ, बोडी प्रतिकेजी ४० रुपैयाँ, करेला प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको व्यवसायी शारदा पाठकले बताउनुभयो । सोमबार भिन्डी प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा रायोको साग, च्याउ, कटहर, भेडे खुर्सानी झरीको प्रभावका कारण किसानले बजारमा नपठाएको व्यवसायीहरु बताउँछन् । हरियो फर्सी सोमबार प्रतिकेजी १५ रुपैयाँमा कारोबार भएको छ । लौका, काँक्रो प्रतिकेजी २० रुपैयाँ, गाजर प्रतिकेजी ५० रुपैयाँ, घिउसिमी प्रतिकेजी ४० रुपैयाँमा कारोबार भैरहेको छ ।