हेटौंडाः क्याम्पसले प्रस्ताव गरेको योजनाका लागि आफूले सहयोग गर्न सक्ने संघीय सरकारका प्रमुख सचेतक महेश कुमार बर्तौलाले धारणा राख्नुभएको छ । हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको १६ औं क्याम्पस सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बर्तौलाले क्याम्पसले योजना बनाएर प्रस्ताव राखेको पूर्वाधार विकासका लागि सहयोग गर्न सकिने बताउनुभयो ।

३ तहका प्रदेश, संघीय र स्थानीय सरकारले आफैले पूर्वाधारको विकासका लागि सहयोग गर्ने सक्ने उहाँले बताउनुभयो । क्याम्पसलाई सञ्चालन गर्ने सन्दर्भमा स्रोत र साधनको उचित व्यवस्थापन हुनुपर्ने बताउनुहुँदै समाजको सकारात्मक दृष्टिकोणले क्याम्पस सञ्चालनको सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । शिक्षाको विकासलाई मात्र मूल्याङ्कन नगरेर प्रविधिमैत्री शिक्षाको वातावरणको सिर्जना गर्नुपर्ने कुरालाई उहाँले औंल्याउनुभएको छ । हरेक क्याम्पसका आवद्ध शिक्षक तथा सञ्चालक समितिका पदाधिकारीहरुले क्याम्पसमा बढी भन्दा बढी विद्यार्थीको आर्कषण कसरी बढाउन सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने कुराको जीकिर गर्नुभएको हो ।

राष्ट्रियको आवश्यकता अनुसार इन्जिनियर, शिक्षक, डाक्टर, नर्सको उत्पादन गर्न आवश्यक रहेको उहाँले टिप्पणी गर्नुभयो । मार्केटमा माग अनुसारको नीतिगत तरिकाले कृषि अधुनिकीकरण लगायतको तालिमहरु सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ । योजना बिहिनको तालिम सञ्चालन गर्न नहुने उहाँले दावी गर्नुभएको छ । विद्यालय तथा क्याम्पसको शैक्षिक वातावरणमा सुधार ल्याउनका लागि प्राध्यापकको मात्र नभइ सञ्चालक समितिका पदाधिकारी र विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

हेटौंडा क्याम्पसबाट शैक्षिक सत्र २०७७–२०८० मा शिक्षाशास्त्र सङ्काय स्नातक तहको बाहृय परीक्षामा सम्मिलित भई ५३.६८ प्रतिशत प्राप्ताङ्क सहित क्याम्पस प्रथम स्थान हासिल गर्न सफल हुने गायत्री नेपाल, ५३.६४ अंक ल्याएर द्वितीय हुने अन्जन चौलागाईं, ५२.५५ प्रतिशत अंक ल्याएर तृतीय हुने सोमराज बोम्जनलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको छ । शिक्षाशास्त्र शंकायको स्नातक तहको बह्य तहको परीक्षामा सहभागी भइ ५३.२७ प्रतिशत प्राप्त अंक सहित तृतीय हुने अस्मित सिनताङ, व्यवस्थापन संकायबाट स्नातक तहको परीक्षाबाट ५६.५० प्रतिशत प्राप्ता अंक सहित द्वितीय हुने सुनिता सुवेदी र ५९.८५ प्रतिशत प्राप्त अंक ल्याउँदै व्यवस्थापन संकायबाट क्याम्पस प्रथम हुने मुस्कान घलानलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ८८ लाख ५ हजार ५ सय ७७ रुपैयाँको वास्तविक आयको प्रतिवेदन पेश गरिएको छ भने ५ करोड २२ लाख ४ हजार १ सय ६० रुपैयाँ व्यय वितरणको प्रतिवेदन पेश गरिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड १२ लाख ५७ हजार ९ सय ५४ रुपैयाँको आय–व्यय विवरण रहेको छ । क्याम्पसको विविध खर्च १५ लाख १५ हजार रुपैयाँ, चालु खर्च ४ करोड ९६ लाख ५७ हजार ९ सय ५४ रुपैयाँ, पूजीगत खर्च १ करोड १६ लाख र कूल व्यय रकम ( चालु खर्च र पूँजीगत खर्च) ६ करोड १२ लाख ५७ हजार ९ सय ४५ रुपैयाँ रहेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष आन्नदराम पराजुलीको सभाध्यक्षमा सम्पन्न भएको क्याम्पस सभाको कार्यक्रममा कार्यक्रममा बागमती विश्व विद्यालयका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल, उपाध्यक्ष कुशुम सुवेदी, जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित घलान, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरे, क्याम्पस प्रमुख देवीराम लामा, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष अभि मैनाली लगायतको उपस्थिति रहेको थियो ।