हेटौँडाः हेटौँडाको थोक तरकारी बजारमा मधेश प्रदेशबाट काउली भित्रिएपछि मूल्य घटेको छ । बिहिबार १२० रुपैयाँ प्रतिकिलोमा बिक्रि भएको काउली शुक्रबार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको छ ।

मधेश प्रदेशको काउली प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । यस्तै मकवानपुर जिल्लाकै काउली भने प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको व्यवसायी घिमिरेले जानकारी दिनुभयो । शुक्रबार रायोको साग मुठामा ५ रुपैयाँ घटेको छ । अन्य तरकारीको मूल्य पछि पछिल्लो समय खासै घटबढ भएको छैन ।

घिमिरेका अनुसार थोक बजारमा बन्दा ५०, मकै बोडी ५०, करेला १००, हरियो खुर्सानी १००, लौका ३५, भेन्टा ३०, मुला २५ र हरीयो धनियाँ ७० रुपैयाँसम्मं प्रतिकिलो बिक्री भइरहेको छ । यस्तै नयाँ आलु ७५ र पुरानो आलु ५५ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।