साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष जुना दाहाल ।

हेटौँडाः हेटौँडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष फूलमान श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशको सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरू गीता सुनार, गोपिनी सापकोटा र सञ्जय विडारी, सहकारीका संस्थापक अध्यक्ष गोकर्ण प्रसाद पराजुली, निवर्तमान अध्यक्ष हिमप्रसाद पौडेलको आतिथ्य रहेको थियो । दुई हजार एक सय जना सेयर सदस्य रहेको नवयुवाको सेयर पुँजी दुई करोड ८४ लाख रुपैयाँ रहेको छ । सहकारीले २३ करोड ७१ लाख रुपैयाँ बचत संकलन गरेको छ भने १९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको अध्यक्ष फूलमान श्रेष्ठले जानकारी दिनुभएको छ । साधारणसभाको अवसरमा सहकारीले बचतकर्ता, ऋणी, विद्यार्थी, ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।