हेटौँडाः हेटौँडा–१४, मयुरधापस्थित जनाज्योति माध्यामिक विद्यालयले वातावरण संरक्षणका लागि वृक्षरोपण गरेको छ । विद्यालयको वातावरण संरक्षण एवम् वृक्षरोपण भन्ने अभियानका साथ बिहिबार विद्यालय परिसरमा वृक्षरोपण गरिएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुइटेलले जानकारी दिनुभयो ।

वार्षिक शैक्षिक क्यालेण्डरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयको खेलमैदान वरिपरि कपुर, बडहर, चिउरी, एभोकाडो, अमलाका १ सय ५० बिरुवा रोपिएको प्रधानाध्यापक लुइटेलले जानकारी दिनुभयो । वृक्षरोपण कार्यक्रममा वडा सदस्य श्याम बहादुर भोलोनको पनि सहभागिता रहेको थियो । वृक्षरोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गाना, शिक्षक अभिभावक संघका अध्यक्ष चित्र बहादुर बोलखेसहित शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।