हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, भगेरीथानमा एक जना पुरुषको शव फेला परेको छ । बुधबार नारायणी नदी किनारमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सनाखत हुन नसकेको शवको मुचुल्कापछि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३, मालकोटमा मानव कंकाल फेला परेको छ । बुधबार बिहान ९ बजेर १० मिनेटको समयमा लिखुखोलाको किनारमा बालुवाले दबिएको अवस्थामा कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । कंकालको लिङ्ग समेत पहिचान गर्न नसक्ने अवस्थामा फेला परेको थियो । मुचुल्का तथा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।