हेटौंडाः लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनको संयुक्त आयोजनमा भएको रक्तदान कार्यक्रमा ४६ जनाले रक्तदान गरेका छन् । आज बिहान रक्तसञ्चार केन्द्र हेटौंडामै रक्तदान कार्यक्रम भएको हो ।
लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष तेजप्रसाद उप्रेती ‘रमेश’ को अध्यक्षता तथा लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का सहसचिव कृष्णराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन्स क्लब अफ मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवाल, पूर्वअध्यक्ष विकेशलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।