विश्रामस्थल निर्माण गरिएको वनविज्ञान क्याम्पसको भवन ।

हेटौंडाः आज हेटौंडास्थित वनविज्ञान क्याम्पसको शैक्षिक भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरबाट १३ जनालाई स्थाानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको छ । उनीहरुमध्ये २ जनालाई थाहा नगरपालिका, १ जनालाई भीमफेदी गाउँपालिका, १ जनालाई मकवानपुरगढी र ९ जनालाई हेटौंडा उपमहानगरपालिकाले सञलन गरेको क्वारेन्टाइनमा पठाइएको हेटौंडास्थित होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले बताउनु भयो ।

उनिहरु मध्ये ३ जना हिजो राति दुबईबाट, १ जना मलेसियाबाट र ९ जना कतारबाट होल्डिङ सेन्टर आइपुगेका थिए । आज बिहान ७ बजेसम्म उनिहरुलाई स्थाानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको उहाँले बताउनु भयो । त्यस्तै विभिन्न स्थानबाट आउनेको क्रम जारी रहेको श्रेष्ठले बताउनुभयो । हालसम्म होल्डिङ सेन्टरमा १७० जनाले सेवा लिसकेका छन् ।