मन्त्री किरण थापासँग नियुक्तिपत्र बुझ्नुहुँदै नवनियुक्त अध्यक्ष अर्जुन ढकाल ।

हेटौँडा : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा हेटौँडाका अर्जुन ढकाल नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गर्नुभएको हो ।

नवनियुक्त अध्यक्ष ढकालले बिहीबार बिहान मन्त्री थापाबाट नियुक्तिपत्र बुझ्नु भएको छ । नवनियुक्त अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । चिकित्सालय हेटौँडा–२ मा रहेको छ । अहिले भाडाको घरमा सञ्चालन भइरहेको चिकित्सालयको हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि १६ सैय्याको चिकित्सालय सञ्चालन गर्न मिल्ने गरी भवन निर्माणाधिन छ । २०८२ बैशाखसम्ममा निर्माण कम्पनिले भवन हस्तान्तरण गर्ने बताइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमातहत मकवानपुरको थाहा नगरपालिकासँगै मनहरी, बकैया, बागमती, इन्द्रसरोवर र कैलाश गाउँपालिका नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको छ ।