हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवन, जहाँ आइसोलेसन कक्ष निर्माण गरिएको छ ।


हेटौंडाः आज हेटौंडाको आइसोलेसन वार्डमा १६ जना रहेका छन् । आज आइसोलेसन वार्डमा भारतीय ८ जना, २ जना थाहा नगरपालिकाका, २ जना हेटौंडाका, ३ जना बकैयाका र १ जना मनहरी गाउँपालिकाका नागरिक रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

हेटौंडाको आइसोलेसनबाट आज बकैया गाउँँपालिकाको १ जना र कैलाश गाउँँपालिकाको २ जना गरी ३ जना डिस्चार्ज भएका छन् । आज हेटौडा–४, कर्रा स्थित आइसोलेसन वार्डमा रहेका बकैया गाउँपालिकाका ३० बर्षिय एक पुरुष र कैलाशका २१ र २२ बर्षिय पुरुषको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो ।