हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, कमलामाई टोलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६, घर भई हाल कमलामाई टोल मामाघर बस्ने ३२ वर्षीय विराज राउत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान ७ बजेर ४० मिनेटको समयमा मृत राउत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्ठमार्टमका लागि चितवन स्थित भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।