हेटौंडा–१ स्थित अमर माविका शिक्षक गणेश पराजुलीले असार ९ गते मंगलबारबाट उमेर हदका कारण अनिवार्य अवकास पाउनुभयो । ३१ वर्ष शिक्षण पेशामा रहेर ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकास प्राप्त गर्नुका शिक्षक गणेश पराजुली अवकास जिवनमा पनि सक्रिय रहने बताउनुहुन्छ । सामुदायिक विद्यालयको पठनपाठन कमजोर नभएको दावी गर्नुहुने पराजुली विद्यार्थीलाई शिक्षा दिन पाउनु नै आफ्नो जीवनको महत्वपूर्ण उपलब्धी भएको दावी गर्नुहुन्छ । अवकास पाउनुभएका शिक्षक पराजुलीसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः ६० वर्षको उमेर हदका कारण शिक्षण पेशाबाट अवकास लिँदै हुनुहुन्छ । तपाइँको शिक्षण जिवन कस्तो रहयो ?
पराजुलीः मैले आफ्नो जिवनको सक्रिय अवधिको पुरै समय शिक्षा विकासमा व्यतित गरेको छु । मेरो सुरुको नियुक्ति पशुपती मावि हाँडीखोला हो । त्यहाँ २०४५ साल बैशाख १ गतेबाट पढाउन सुरु गरेको हुँ । त्यसपछि राष्ट्रिय मावि सानुटार भैंसेमा २०४७ सालमा सरुवा भएँ । त्यसपछि २०५३ भदौ ५ गते अमर मावि हेटौंडामा सरुवा भएर आएको हुँ । म आएको समयतिर अमर मावि पानी चुहिने ज्यादै जीर्ण थियो मैले त्यस विद्यालयको लागि आफ्नो घरलाई बिर्सिएर विद्यालयको कामलाई समय दिएँ ।
समाजः तपाइको शिक्षण जिवनको सुखद पक्ष के थियो ?
पराजुलीः विद्यार्थीहरुलाई शिक्षा दिन पाएँ त्यहि नै सुखद पक्ष हो ।
समाजः शिक्षक भएर जिवन बिताउनुभयो । शिक्षण जिवनमा उपलब्धी के भयो जस्तो लाग्छ ?
पराजुलीः म शिक्षण जीवनमा निरन्तर खटी रहेँ । विद्यालयको भौतिक निर्माणमा, आर्थिक पक्षमा र शैक्षिक विकासको कार्यमा सुरुदेखि नै म निरन्तर लागि रहेको हो । विद्यालयमा भएका विकास नै उपलब्धी हो ।
समाजः सरकारी विद्यालयमा राम्रो पठनपाठन भएन भन्ने गुनासो छ । यसलाई कसरी लिनुहुन्छ ?
पराजुलीः बोडिङमा पैसा लिएको हुन्छ । सरकारीमा पैसा तिर्नु पर्दैन । आर्थिक कारणले पनि समुदायमा यस्तो बुझाइ रहेको जस्तो लाग्छ । कतिपय शिक्षकहरु र विद्यालयहरु नै राजनीतिमा मुछिएको हुन्छ । त्यसले पनि समुदायलाई गलत सन्देश दिन्छ । तर सरकारी विद्यालयको पठनपाठन कहीँ पनि कमजोर छैन ।
समाजः अमर माविले पछिल्लो समय राम्रो नतिजा ल्याएको देखिन्छ । के गर्नुभयो र विद्यालयमा सकारात्मक परिवर्तन आयो ?
पराजुलीः पुर्व प्रधानाध्यापक रामकुमार बर्तौला, अहिलेको प्रधानाध्यापन मालती उपे्रती र हामी सम्पूर्ण शिक्षकहरुको टिम एकजुट भएर प्रत्येक विद्यार्थीको घर—घरमा गएर अभिभावकसँग सम्पर्क गर्ने विद्यालयको गतिविधिहरु अभिभावकहरुलाई जानकारी दिने लगायतका क्रियाकलापहरु गरेर विद्यार्थीको संख्या पनि बढायौं र पठनपाठनलाई पनि सुधार ग¥यौं । तसर्थ विद्यालयमा सकारात्मक परिवर्तन देखिएको छ ।
समाजः तपाइको अवकास हुँदै गर्दा विद्यालयले विदाई गर्दै गर्दा कस्तो महसुस भयो ?
पराजुलीः सेवा दिएर बसेको ठाउँ छोड्दा नराम्रो लागेको थियो । विद्यालयले मलाई सम्मानका साथ विदाई गरेकोमा खुसी छु ।
समाजः अबको निवृत्त जिवन कसरी व्यतित गर्ने योजनामा हुनुहुन्छ ?
पराजुलीः लेखा परिक्षण सम्बन्धी छोरोको फम छ, त्यसैमा काम गर्ने योजना छ । साउन १ गतेबाट काम सुरु गर्ने छु ।