Home अन्तरवार्ता विद्यार्थीहरुलाई शिक्षा दिन पाएँ त्यहि नै सुखद पक्ष हो

विद्यार्थीहरुलाई शिक्षा दिन पाएँ त्यहि नै सुखद पक्ष हो

गणेश पराजुली, सेवा निवृत्त शिक्षक

हेटौंडा–१ स्थित अमर माविका शिक्षक गणेश पराजुलीले असार ९ गते मंगलबारबाट उमेर हदका कारण अनिवार्य अवकास पाउनुभयो । ३१ वर्ष शिक्षण पेशामा रहेर ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकास प्राप्त गर्नुका शिक्षक गणेश पराजुली अवकास जिवनमा पनि सक्रिय रहने बताउनुहुन्छ । सामुदायिक विद्यालयको पठनपाठन कमजोर नभएको दावी गर्नुहुने पराजुली विद्यार्थीलाई शिक्षा दिन पाउनु नै आफ्नो जीवनको महत्वपूर्ण उपलब्धी भएको दावी गर्नुहुन्छ । अवकास पाउनुभएका शिक्षक पराजुलीसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः ६० वर्षको उमेर हदका कारण शिक्षण पेशाबाट अवकास लिँदै हुनुहुन्छ । तपाइँको शिक्षण जिवन कस्तो रहयो ?
पराजुलीः मैले आफ्नो जिवनको सक्रिय अवधिको पुरै समय शिक्षा विकासमा व्यतित गरेको छु । मेरो सुरुको नियुक्ति पशुपती मावि हाँडीखोला हो । त्यहाँ २०४५ साल बैशाख १ गतेबाट पढाउन सुरु गरेको हुँ । त्यसपछि राष्ट्रिय मावि सानुटार भैंसेमा २०४७ सालमा सरुवा भएँ । त्यसपछि २०५३ भदौ ५ गते अमर मावि हेटौंडामा सरुवा भएर आएको हुँ । म आएको समयतिर अमर मावि पानी चुहिने ज्यादै जीर्ण थियो मैले त्यस विद्यालयको लागि आफ्नो घरलाई बिर्सिएर विद्यालयको कामलाई समय दिएँ ।

समाजः तपाइको शिक्षण जिवनको सुखद पक्ष के थियो ?
पराजुलीः विद्यार्थीहरुलाई शिक्षा दिन पाएँ त्यहि नै सुखद पक्ष हो ।

समाजः शिक्षक भएर जिवन बिताउनुभयो । शिक्षण जिवनमा उपलब्धी के भयो जस्तो लाग्छ ?
पराजुलीः म शिक्षण जीवनमा निरन्तर खटी रहेँ । विद्यालयको भौतिक निर्माणमा, आर्थिक पक्षमा र शैक्षिक विकासको कार्यमा सुरुदेखि नै म निरन्तर लागि रहेको हो । विद्यालयमा भएका विकास नै उपलब्धी हो ।

समाजः सरकारी विद्यालयमा राम्रो पठनपाठन भएन भन्ने गुनासो छ । यसलाई कसरी लिनुहुन्छ ?
पराजुलीः बोडिङमा पैसा लिएको हुन्छ । सरकारीमा पैसा तिर्नु पर्दैन । आर्थिक कारणले पनि समुदायमा यस्तो बुझाइ रहेको जस्तो लाग्छ । कतिपय शिक्षकहरु र विद्यालयहरु नै राजनीतिमा मुछिएको हुन्छ । त्यसले पनि समुदायलाई गलत सन्देश दिन्छ । तर सरकारी विद्यालयको पठनपाठन कहीँ पनि कमजोर छैन ।

समाजः अमर माविले पछिल्लो समय राम्रो नतिजा ल्याएको देखिन्छ । के गर्नुभयो र विद्यालयमा सकारात्मक परिवर्तन आयो ?
पराजुलीः पुर्व प्रधानाध्यापक रामकुमार बर्तौला, अहिलेको प्रधानाध्यापन मालती उपे्रती र हामी सम्पूर्ण शिक्षकहरुको टिम एकजुट भएर प्रत्येक विद्यार्थीको घर—घरमा गएर अभिभावकसँग सम्पर्क गर्ने विद्यालयको गतिविधिहरु अभिभावकहरुलाई जानकारी दिने लगायतका क्रियाकलापहरु गरेर विद्यार्थीको संख्या पनि बढायौं र पठनपाठनलाई पनि सुधार ग¥यौं । तसर्थ विद्यालयमा सकारात्मक परिवर्तन देखिएको छ ।

समाजः तपाइको अवकास हुँदै गर्दा विद्यालयले विदाई गर्दै गर्दा कस्तो महसुस भयो ?
पराजुलीः सेवा दिएर बसेको ठाउँ छोड्दा नराम्रो लागेको थियो । विद्यालयले मलाई सम्मानका साथ विदाई गरेकोमा खुसी छु ।

समाजः अबको निवृत्त जिवन कसरी व्यतित गर्ने योजनामा हुनुहुन्छ ?
पराजुलीः लेखा परिक्षण सम्बन्धी छोरोको फम छ, त्यसैमा काम गर्ने योजना छ । साउन १ गतेबाट काम सुरु गर्ने छु ।

Exit mobile version