दिपेश खनाल संयोजक नवप्रवर्तन तथा उद्यमशीलता क्षमता विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन

हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले शनिबार र आइतबार दुईदिन नवप्रवर्तन र उद्यमशीलताको विषयमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ । सरोकारवाला निकायको साथ र सहयोग रहेको सम्मेलनमा विदेशी ५ जना विज्ञसहित देशभरका नवप्रवर्तक, उद्यमी, व्यवसायीको सहभागिता रहनेछ । अन्तर्राट्रिय सम्मेलन, यसको औचित्य र हासिल हुने लाभको विषयमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले सम्मेलन आयोजक समितिका संयोजक दिपेश खनालसँग गर्नुभएको कुराकानीः

समाजः तपाइँहरुले नवप्रवर्तन, उद्यमशीलता र यसको क्षमता विकास गर्न अन्तर्राष्ट्रिय सम्मेलन गर्नुहुँदैछ । जसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिनिधि हुनुहुन्छ । सम्मेलनको तयारीको अवस्था के छ ?
खनालः
नवप्रवर्तन र उद्यमशीलता अहिलेको समयमा एकदम महत्वपूर्ण विषय हो । संसारले हेरिरहेको कुरामा चिन्ता भनेको मुख्य श्रोत रहेको छ । जसमा आकर्षणको विषय रोजगारीको हुनेछ । उद्यमशीलताले एकदमै ठूलो भुमिका निर्वाह गरेको छ । ५ महिनाअघि क्याम्पसमा समन्वय गर्दा उद्यमशीलता विकास गर्नुप¥यो, हेटौँडामा पनि उद्यमीहरु धेरै भएकोले क्याम्पसको विद्यार्थीलाई उद्यमी कसरी बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दैगर्दा हामीले उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि के गर्नुपर्छ ? भनेर विद्यार्थीहरुमा क्षमता नभएकोले क्षमताको विकास गर्न भाषण भन्दाबढी कार्यशाला राखौँ, कार्यशालाको तर्फबाट देशविदेशमा रहनुभएका मानिसहरुमा भएको क्षमतालाई विद्यार्थीहरुमा प्रस्तुती गर्न सकेमा विद्यार्थीहरु पनि उद्यमशीलता र नवप्रर्वधनको केही ज्ञान आउँछ की भनेर ५ महिना पहिलाबाट सुरु गरेको आजको दिनसम्म आउँदा हाम्रो समुहको तर्फबाट पूर्णतयारी अवस्थामा छौँ ।

समाजः वक्ताको रुपमा कस्ता–कस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तिहरु आउँदै हुनुहुन्छ ?
खनालः
वक्ता भन्दापनि सम्मेलन दुई भागमा विभाजन गरिएको छ । एउटा भागमा औपचारिक शिक्षामा काम गरिरहनुभएका व्यक्तिहरु जस्तै शैक्षिक संस्था हुनसक्छ । सामान्य भर्खरै पढाउन लागेको शिक्षकहरुका लागि भनेर, विद्यार्थीहरुका लागि भनेर केही वक्ताहरु त्यसका लागि आउँदै हुनुहुन्छ । युनिभर्सिटी लेभलमा काम गरिरहनु भएका व्यक्ति आउनु हुनेछ । उहाँहरु आउँदा विश्वविद्यालयस्तरमा चलेको कार्यक्रमलाई कस्तो ढंगबाट राम्रोसँग लैजान सकिन्छ भन्ने कुराहरु उहाँहरुबाट सेयरिङ हुन सक्ला भन्ने कुरालाई प्राथमिकता दिएको यो सम्मेलनको त्यो भाग लाभदायक हुन सक्छ ।

समाजः कार्यक्रममा एउटा सेसन छलफल रहने भयो अर्को सेसन चाहिँ के हुन्छ ?
खनालः
विद्यार्थीहरुले चाहिँ के–के ग¥यो भने नवप्रवर्तन र उद्यमशीलतामा विकास हुन्छ भन्ने कुरामा, पढाउने कुरामा कार्यशाला हुन्छ । पढाउने तरिकामा हलका परिवर्तन गर्दा त्यो कार्यशालाबाट एउटा भर्खरै उहाँहरुले केहि सिकाउने तरिका भन्नुहुन्छ, भर्खरै शिक्षकहरुले केही तरिकाबाट सिकाउनुहुन्छ अनि भर्खरै सिकिन्छ त्यो कुरालाई उहाँहरुले आफ्नो कक्षामा प्रयोग गर्न सक्नु हुन्छ । त्यो गर्दा चाहिँ एउटा क्षमताको विकास हुन्छ । क्षमता विकास गर्दा चाहिँ नयाँ कुरा सुने विदेशीहरुले भन्नुभयो । उहाँहरुले आफ्नो कुरा राखेर जानुभयो तर सुनेर भन्दा पनि मैले के सिकेँ त ? भन्ने कुरा उहाँहरु मार्फत सिक्न सकिन्छ त्यो उहाँहरुले हेर्नु पनि हुन्छ । नेपालमा रहनुभएका हेटौंडाका शिक्षकहरु अथवा सहभागी हुनुभएका नेपालका शिक्षकहरु सिक्नु भएको कुराहरु ठिक छ कि छैन ? विदेशी वक्ताहरुले त्यही समयमा मुल्याङ्कन गर्न सक्नु हुन्छ । त्यसो भएपछि क्षमता चाहिँ नेपालीहरुमा आएको छ कि छैन भन्ने कुरा पनि उहाँहरुले हेर्न सक्नु हुन्छ ।

समाजः हेटौँडा स्कूल अफ म्यानेजमेन्ट २०५२ सालमा स्थापित भयो । ३० औँ बर्ष हुँदैछ । २८ वर्षमा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गर्दै छ ? यो सम्मेलन चाहिँ अन्तर्राष्ट्रिय भनेका छौँ । अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने महसुस कसरी गर्नुभयो ?
खनालः
अहिले विश्व नै एउटा गाउँ भएको छ । अहिले संसारको विकसित देशमा नयाँ कुरा आउँदा त्यो कुरा चाहिँ हेटौंडा आउने कति समय लाग्छ ? सुचनाको प्रविधिले यो कार्यक्रमको सहजीकरण गर्दैगर्दा संसारमा नवप्रवर्तन र उद्यमशीलताको विकास गर्दैगर्दा केही भइरहेको छ । कुनै पनि सम्मेलनको आयोजना गर्दै गर्दा प्रदेशस्तर, राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय जान खोज्योँ भने हामी ढिलो हुन्छौँ ।

समाजः हामी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न कति योग्य भयौँ ? त्यो कुराबाट पनि हेर्न सकिन्छ की ?
खनालः
हाम्रो बुझाइ चाहिँ के रह्यो भने केही अलि समय खर्च गरौँ, केही बढी खर्च गरौँ भन्ने ५ जना विदेशीलाई ल्याएर एउटा प्रतिक्रिया गराउनुसक्दा फेरी अब राम्रोसँग क्षमता अभिवृद्धि गर्न सक्छौं कि ? देशभित्र भन्दा पनि विदेशको क्षमतालाई देशमा ल्याउन सक्छौँ कि भन्ने हिसावले हामीले यो गर्न खोजिरहेको छौँ । यो सँगसँगै हाम्रो चाहिँ छिमेकी मुलुम भारतले विगत १५ वर्षमा उद्यमशीलतामा गरेको विकासलाई हेर्ने हो भने जुन तरिकाको उद्यमशीलताको विकास भएको छ त्यो तरिकाको उल्लेखनीय छ । उहाँहरुले आफ्नो क्षेत्रमा नियम निकाय बनाएर एउटा नवप्रवर्तन र उद्यमशीलतामा जुन प्रकारको काम गरिरहनुभएको छ त्यो कामहरुमा हामीले हेरेर भारतबाट धेरै कुराहरु सिक्न आवश्यक रहेको थियो ।

समाजः अहिले तपाइँले भारतको कुरा गर्नुभयो ? भारतले १५ वर्षमा उल्लेखनीय प्रगति भएको भन्नुभयो ? कस्ता प्रगति भयो र के कुरा चाहिँ हामी नेपालीले नवप्रवर्तनको क्षेत्रमा धेरै कुरा सिक्न र बुझन सकिन्छ ?
खनालः
भारतले गरेको कुरा भनेको चाहिँ नीतिगत कुराहरुमा उहाँहरुले जुन तरिकाको काम भइरहेको छ उद्यमशीलता र नवप्रवर्तनमा काम गर्नका लागि भनेर नीति नियमहरु यसरी बनाइएको छ कि उद्यमशीलता र नवप्रवर्तनमा धेरै धेरै राम्रा कार्यहरु हुने थालेको छ । जस्तै मैले कुनै पनि एउटा व्यवसायी चाहन्छु र मसँग पैसाको अभाव छ, मैले पैसाको स्रोत कहाँबाट ल्याउन सक्छु । सरकारले यही मलाई केहि सहयोग गरेर उद्यमशीलतालाई अगाडि बढाउन सक्ने भएँ । त्यसपछि मैले एउटा ठाउँमा कार्यालय खोल्नुपर्ने हुन्छ ? कुनै सामान्य ठाउँमा कार्यालयको स्थापना गर्न मैले कोठाको भाडा तिर्नुपर्छ त्यसका लागि चाहिने सामग्रीहरु चाहिन्छ, सामग्रीका लागि पैसा चाहिन्छ जसको त्यो कारणले गर्दा मेरो दिमाग पैसा कसरी बचाउने ? थोरै सामानले कसरी काम गर्ने ? तलब दिएको भरमा मैले कसरी काम लगाउने अरुलाई भन्ने कुरामा दिमाग जान थाल्यो जबकी मेरो दिमग उद्यमशीलता तिर जानुपर्ने । मेरो सोच अन्य काममा हुन लागेको खण्डमा नवप्रवर्तन सोचन सक्दिन यो कुराहरु बुझाएर भारत सरकारले भारतमा १५ वर्ष अगाडि त्यो सोच राखेर नीतिगत सुधार ल्यायो जसले गर्दा भारत देशको चौथो अंकमा पुगेको छ । उद्यमशीलताको मामिलामा त्यहाँ ५ देखि ६ वर्ष अगाडि नयाँ उद्यमीहरु आउनुभएको थियो । उहाँले हजारौँ अमेरिकी डलर वार्षिक रुपमा आफ्नो कम्पनीबाट कमाउनुभएको छ ।