लागूऔषध अफिमसहित पक्राउ परेका मिलन र गोपाल ।

हेटौँडा : लागूऔषध अफिमसहित हेटौँडा–१२ का ४४ वर्षीय मिलन भोलन र ४७ वर्षीय गोपालप्रसाद गौतम बारा जिल्लाबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो ३ बजेको समयमा सशस्त्र प्रहरी बलले बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–१ बाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बा प्र ०१–०२९ च ५४१४ नम्बरको कारलाई रोकी सुरक्षाजाँच गर्दा कारमा सवार मिलन र गोपालको साथबाट ८ किलो २५२ ग्राम लागूऔषध अफिम बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमै राखी अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।