हेटौंडाः नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बताएको छ । नेपालमा थप २ जनाको मृत्य भएको छ । यो सँगै कुल १८ जना कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।