हेटौँडाः हेटौँडा–१ स्थित मकवानपुर सहकारी अस्पतालबाट मंसिर महिनामा २ हजार ५ सय १७ जनाले उपचार सेवा लिएका छन् । एक महिनामा सहकारी अस्पतालले २ हजार ५ सय १७ जनाले सेवा लिएको सहकारी अस्पतालकी रजिस्टर्ड नर्स राजकुमारी घिमिरेले जानकारी दिनुभयो ।

अस्पतालको फिजिसियन विभागबाट ६ सय ११ जनाले सेवा लिएका छन् । यस्तै, अस्पतालले नाक, कान, घाँटी विभागबाट ६१ जना, स्त्री तथा प्रसुती विभागबाट १ सय ७६ जना, बाल स्वास्थ्य विभागबाट ५ सय ८४ जनालाई सेवा प्राप्त गरेका छन् । हाडजोर्नी विभागबाट २ सय ९४ जना, छाला सम्बन्धी ६८ जना, मुटुसम्बन्धी ५५ जना, मानसिक स्वास्थ्यसम्बन्धी ४ जना, सर्जरीसम्बन्धी १ सय ४७ जना र नशा तथा स्नायुसम्बन्धी ९ जनाले सेवा लिएका छन् । रजिस्टर्ड नर्स घिमिरेका अनुसार मंसिर महिनामा ५० जनाको शल्यक्रिया भएको छ भने धेरै शल्यक्रिया हाडजोर्नीसम्बन्धी भएको छ । चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या क्रमशः कम हुुँदै गएको छ ।