हेटौंडाः साइकल संस्कृति प्रवद्र्धनमा सक्रिय हिमालयन राईडर्स सोसाइटी मकवानपुरले शनिबार हेटौंडा–१६, शक्तिखोलास्थित बीपी आधारभूत विद्यालयका ८३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । गएको तिहारमा देउसीभैलो खेलेर जम्मा भएको ४५ हजार रुपैयाँले विद्यार्थीलाई कापी, कलम र व्याग वितरण गरेको हिमालयन राईडर्स सोसाइटीका उपाध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
हिमालयन राईडर्स सोसाइटी मकवानपुरका सदस्यहरु विद्यालय पुगेर शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । हिमालयन राईडर्स सोसाईटीका अध्यक्ष राम कुमार श्रेष्ठको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारसिं वाईबाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक ठाकुर नेपालले हिमालयन राईडर्स सोसाइटी मकवानपुर परिवारप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा हिमालयन राईडर्स सोसाईटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको पनि आतिथ्य रहेको थियो ।