हेटौँडाः दसैं, तिहार र छठ पर्वको विदापछि सोमबारबाट हेटौँडा उपमहानगर क्षेत्रका विद्यालय सुचारु भएको छ । एक महिना पाँच दिन लामो पर्व विदा सकिएसँगै विद्यालय खुल्दा विद्यार्थीको उपस्थिति भने न्यून रहेको छ । हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माविमा १२ प्रतिशत मात्रै विद्यार्थी उपस्थित भएको विद्यालयका प्रधानाध्यापक केशव सञ्जेलले जानकारी दिनुभएको छ ।
हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले कक्षा ११ र १२ को त्रैमासिक परिक्षा लिएर विदा दिएको थियो । विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले लामो समय विदा भएर विद्यालयम खुलेको पहिलो दिन भएकोले विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून रहेको बताउनुभयो । अरु समयमा ७० देखि ९० प्रतिशतको हाराहारीमा विद्यार्थीहरु आउने गरेकोमा सोमबार २० प्रतिशत विद्यार्थीहरुको मात्र उपस्थिति रहेको थियो । दशैं, तिहार, छठ लगायतका पर्वहरु मनाउनका लागि विद्यार्थीहरु आफ्नो गाउँघरबाट नफर्किएकोले विद्यार्थीहरुको संख्यामा कमि आएको उहाँले बताउनुभयो ।
लामो समयको विदापछि विद्यायमा आएका विद्यार्थीहरुले पढाइप्रति धेरै रुचि नदेखाएको उहाँले बताउनुभयो । घरमा बसेर मोबाइल लगायतका सामग्रीहरु अत्याधिक प्रयोग गरेकोले पहिला र अहिलेको तुलनामा विद्यार्थीहरुको रुचि कम भएको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ । निरन्तर रुपमा कक्षा संचालन गरेर नियमित कोचिङ कक्षा संचालन गर्ने र शिक्षकहरुसँगको समन्वयमा त्रैमासिक परीक्षा लिने उहाँले बताउनुभयो । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीहरुको मंसिर महिनाको अन्तिममा दोस्रो त्रैमासिम परीक्षा लिई नतिजाका आधारमा अध्यापन गरिने उहाँले बताउनुभयो ।
सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा दीपा न्यौपानेले पर्व विदाको समयमा मकवानपुरगढी घुम्न गएको बताउनुभएको छ । विदाको समय भए तापनि अति महत्वपूर्ण विषय विज्ञान, गणित र ऐच्छिक गणित लगायतका विषयलाई बिहान ६ बजेदेखि ८ बजेसम्म समय दिने गरेको न्यौपानेले बताउनुभएको छ । लामो समयको विदामा धेरै कुराहरु बिर्सेकाले अब बिहान चाँडै उठेर आफूलाई आवश्यक पर्ने महत्वपूर्ण विषयलाई समेटेर पढाईलाइ बढी प्राथमिकता दिने बताउनुभयो ।
कक्षा ९ मा नेपाली माध्यमका छात्र अरमान अनसारीले दशैंको समयमा बाहिर घुम्न गएको बताउनुभयो । करिब १५ दिन गाउँमा बसोबास गरे तापनि बिहान ६ बजेदेखि ९ बजेसम्म विज्ञान, ऐच्छिक गणित लगायतका विषयहरु अध्ययन गर्ने गरेको र ९ बजेदेखि १ घण्टा ५० मिनेट मोबाईल टिभी चलाउने गरेको उहाँले बताउनुभयो । बेलुकाको समयमा ४, ५ बजेतिर बाहिर घुम्न गएर समय बिताउने गरेको बताउनुभयो । धेरै विदा बसेकोले गणितको अत्ति महत्वपूर्ण हिसावहरु बिर्सिने, आफुले याद गरेको प्रश्न उत्तरहरु बिर्सिने र शिक्षकरुसँग समन्वय गरेर नयाँ कुराहरु सिक्न नसक्ने, शैक्षिक योग्यता घट्ने र साथीभाइहरुबाट पनि टाढिने भएकोले लामो विदा नभएको उचित लागेको उहाँले बताउनुभयो । पहिला भन्दा अहिले ज्ञानमा कमि आएकोले अब पढाईलाई अलि बढी समय दिने, बिर्सेका कुराहरु शिक्षकहरुसँग सोधेर आफुले बिर्सेको कुराहरु गर्ने बताउनुभयो । मंसिरको अन्तिममा हुन लागेको त्रैमासिक परीक्षाको लागि समय तालिका बनाएर तयारी गर्ने उहाँले बताउनुभयो ।
यस्तै कक्षा–७ मा अध्यनरत छात्रा आज्ञा श्रेष्ठले विदाको समयमा निश्चित समयमा तालिका नबनाएर दिनको २, ३ घण्टा पढाइलाई समय दिने गरेको बताउनुभयो । उहाँले गणितमा कमजोर भएकोले अरु विषय भन्दा पनि गणित विषयलाई बढी प्राथमिकता दिने गरेको बताउनुभयो । दशैँ, तिहार र छठ जस्ता पर्वहरु पर्व वर्षमा एक पटक आउने भएकोले विदा दिनुनै उचित रहेको उहाँले बताउनुभयो । लामो विदा भएमा विद्यार्थी भाइबहिनीहरुले आफ्नो टाढाटाढाको नातेदारहरुसँग भेट्न पाउने, गफ गर्न पाउने भएकोले चाडपर्वमा लामै विदा हुनु ठिक रहेको उहाँले बताउनुभयो । विदाको समयमा जति रमाइलो गरे पनि अब अझ राम्ररी दोस्रो त्रैमासिक परीक्षालाई मध्यनजर गरेर पढाईलाई प्राथमिकता दिने बताउनुभयो ।
कक्षा–६ मा अंग्रेजी माध्यमिककी छात्रा निशा लामाले बागमती गाउँपालिकामा गएर कक्षा २ र कक्षा ४ का भाई बहिनीहरुलाई आफुले जानेको कुराहरु सिकाएको बताउनुभयो । विदा भएको समयमा आफनो घर परिवारलाई राम्ररी समय दिन पाउने, आफुलाई मनमा लागेको कुराहरु परिवारसँग गर्न पाउने भएकोले लामो विदा हुनुपर्ने बताउनुभयो । विदाको समयमा बागमती गाउँपालिकाको विद्यालयमा गएर विद्यार्थीहरुलाई पठाएको बताउनुभयो । अबको समयमा आफु भित्र भएको कमजोरीलाई कसरी सुर्धाने कसरी पढाएको कुरालाई अध्ययन गर्ने भन्न कुरामा लाग्ने बताउनुभयो ।
कक्षा–६ का विद्यार्थी उज्जवल पाठकले विदा भए तापनि सीमित मात्रामा हुनुपर्ने बताउँदै लामो विदा भएको कारणले नेपाली विषय पढ्न गाह्रो लागेको गणितका अभ्यासहरु गर्न नसकेको बताउनुभयो । उहाँले अब हुन लागेको मासिक परीक्षाको लागि कठिन विषयहरुलाई बढी प्राथमिकता दिएर तयारी गर्ने बताउनुभयो ।