प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई

हेटौंडाः बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

उहाँले आगामी आर्थिकवर्ष देखि प्रदेश लोक सेवा आयोगले संघिय सरकारको समन्वयमा जनशक्ति आपूर्ति गर्ने कार्यलाई अगाढि बढाउने नीति तथा कार्यक्रममा बताउँनुभएको छ । यद्यपि बागमती प्रदेशमा प्रदेश लोकसेवा आयोगको गठन भई अध्यक्ष, सदस्हयहरुका नियुक्त भैसकेको अवस्था छ ।