हेटौँडा : नुवाकोट जिल्लाको बिदुर नगरपालिका–४ सिचाइमा मोटरसाइकल अनियन्त्रित भई फलामको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेर ३० मिनेटको समयमा भित्री सडक खण्डमा बट्टारबाट दानसिङतर्फ जाँदै गरेको बा ४६ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित फलामको पोलमा ठोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक तारकेश्वर गाउँपालिका–१, दानसिङ बस्ने ३२ वर्षीय चतुर तामाङ गम्भिर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएकोमा उपचारको क्रममा राती ७ बजेर ५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











