हेटौंडाः हेटौंडाकोे चुरियामाईमा रहेको सुरुङमार्गलाई बागमती प्रदेश सरकारले संरक्षण गर्ने भएको छ । १०४ वर्ष अगाडि बनेको दक्षिण एसियाकै पहिलो मानव निर्मित चुरियामाई सुरुङलाई बागमती प्रदेशले ऐतिहासिक सम्पदाको रुपमा संरक्षण गर्ने योजना लिएको छ ।

प्रदेश सरकारले उक्त सुरुङलाई अध्ययन केन्द्रको रुपमा विकास गर्ने नीति लिएको प्रदेश प्रमुख विष्णु प्रसाईले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै बताउनुभयो ।