१. शिक्षामा प्राविधिक विषय समावेश नगरे के फरक पर्छ ? प्राविधिक शिक्षा के हो ? वडा सदस्यका उम्मेदवार पनि किन प्राविधिक शिक्षालय बनाउने भन्दै चुनावमा घरदैलो गर्दछन् ? त्यस्तै वडा अध्यक्षका उम्मेदवारहरु प्राविधिक शिक्षालय आफ्नो मूल एजेण्डा भन्न किन रुचाउँछन् ? अनि पालिकाका प्रमुख र उपप्रमुखहरु दलगत घोषणापत्रमा नै प्राविधिक शिक्षाका प्रतिवद्धतालाई किन मूल बुँदामा नै राख्छन् ? अझै, प्रदेश र संघका निर्वाचनमा राजनीतिक दलका आश्वासन तथा घोषणा र प्रतिबद्धतामा प्राविधिक शिक्षालाई महत्वका साथ प्राथमिकता दिईने परम्परागत कपि पेष्ट मात्रै हो त ? प्राविधिक शिक्षाको चर्चा किन गर्ने ? यस अन्तर्गत कस्ता विषयहरु पर्दछन् ? हाम्रो ठाउँमा कुन विषय किन जरुरी छ ? कसरी संचालन गर्ने ? प्रचलित कानूनी प्रावधानहरु के–के छन् ? विद्यमान नीति नियमहरु पर्याप्त छ वा छैन ? नयाँ नीति तथा कार्यक्रम समावेश गर्नुपर्दा के गर्नुपर्ला ? प्राविधिक शिक्षालय संचालनको अनुमती स्विकृती प्रदान गर्ने सरकारी कार्यालयको नाम के हो ? सिटिईभिटिको बारेमा के थाहा छ ? सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा(टेक्स) भनेको के हो ? शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कस्ता संस्थालाई कुन तहको प्राविधिक शिक्षा संचालनको स्विकृति प्रदान गर्दछ ?

२. पालिकातहबाट प्राविधिक शिक्षा संचालनको स्विकृती दिन मिल्छ कि मिल्दैन ? प्राविधिक शिक्षालय र साधारण शिक्षा एउटै समिति र उही प्रशासन हेडबाट कहिलेसम्म संचालन गरिरहने ? प्राविधिक शिक्षा संचालनको अनुमती स्विकृती र संचालनको नियमन गर्ने एउटै निकाय बन्न किन पहल भएन ? के सरकारले नै यसमा चासो र गम्भिरता देखाउन जरुरी नदेखेकै हो त ? हामीकहाँ संचालित प्राविधिक शिक्षाको स्तर विश्वस्तरमा मान्यता प्राप्त छ कि छैन ? विद्यमान पाठ्यक्रममा परिमार्जन गर्न पर्ने कि नपर्ने ? भएकै विषयहरु पर्याप्त छन् त ? वर्तमान विश्वमा हाम्रा विद्यार्थीको माग बढाउन के गर्नुपर्ला ? छोटो अवधिको तालिम र १८ महिने प्राविधिक कक्षा बीच के फरक छ ? सामुदायिक विद्यालयमा संचालित कक्षा ९ —१२ र डिप्लोमा तह बीचको भिन्नता किन ? सामुदायिक विद्यालयमा अहेव र अनमी कोर्सको पढाईका लागि अनुमती स्विकृती नदिईनुको कारण के होला ? कति पढेका र कुन ग्रेडकाले कुन कुन विषय पढ्न पाउँछन् ? भर्ना प्रक्रिया कस्तो छ ?

३. आफ्नो जानकारीमा भएको शिक्षालय सरकारी वा सामुदायिक वा नीजि कुन हो ? प्राथमिकतामा सरकारी कि नीजि ? टेक्स प्रतिको सरकारी दृष्टिकोण के हो ? छात्रवृत्तिको विद्यमान ब्यवस्था यथावत गर्ने कि फेरबदल गर्ने ? विपन्न तर जेहेन्दार र ईच्छुक विद्यार्थीलाई प्राविधिक शिक्षा उपलब्धताको ग्यारेण्टी कस्ले र कसरी गर्ने ? छात्रवृत्ति पाएको विद्यार्थीलाई अनुत्तिर्णको सुविधा हुने कि नहुने ? हुने भए कति पटक सम्म दिने ? सरकारी अनुदान कस्ता संस्थालाई दिने ? कुन कुन शिर्षकमा सरकारी अनुदान उपलब्ध गराउने भनेर किटानी गर्न नपर्ने ? सरकारी अनुदानको सदुपयोग वा दुरुपयोगको अनुगमन गर्ने निकाय कुन हो ? अनुदान दुरुपयोग गर्ने संस्थाका ककस्लाई दण्डित गर्ने ? दण्ड सजायँको विवरण के के हुने ? दण्ड सजायँ देखावटी र औपचारिकतामा सिमित गर्ने कि कसुर अनुसार साँच्चै दण्ड गरेर देखाउने ? राम्रो गर्नेलाई प्रोत्साहनको व्यवस्था पनि गर्ने कि ?

४. प्राविधिक शिक्षालयको संचालन र रेखदेख सम्बन्धित पालिकाको कि शिक्षा विकास तथा समन्वय ईकाइको वा अर्को कुनै निकायको ? उत्पादित जनशक्तिको रोजगारीको स्थिति के छ ? आवश्यकता, माग र उत्पादनको संख्यात्मक तथा गुणात्मक विश्लेषण गर्ने थिति कहिलेबाट सुरु गर्ने ? पढ्न पाउने मध्ये कति जनाले यो विषय पढ्लान् ? विद्यार्थीको आकर्षण भएका विषयहरु कुन् कुन् हुन् र सो आकर्षणका कारणहरु के के हुन् ? यो विषयका कतिजना जनशक्ति यो मुलुकका लागि आवश्यक पर्दछ ? अन्यत्रको रोजगारीको अवस्थाले के देखाउँछ ? हाल तोकिएको विद्यार्थी कोटा यथावत नै उपयुक्त छ त ? फेरबदल गर्न जरुरी भए कति कायम गर्ने ? न्यूनतम र अधिकतम विद्यार्थी कोटा तोक्ने कि ? न्यूनतम भन्दा कम भए कार्यक्रम स्थगन गर्ने कि ? संचालनमा आवश्यक जनशक्ति उपलब्ध छ त ? जनशक्ति ब्यवस्थापनमा करार तथा आंशिक प्रशिक्षकहरुबाट कहिलेसम्म संस्था संचालन गरिरहने ? प्रशिक्षक तथा प्रशासनिक जनशक्तिको पेशागत सक्षमता र स्थायित्वका बारेमा विधि बनाउनु पर्दैन ? आवश्यक प्रयोगशाला र सामग्रीको उपलब्धतासहित समग्र भौतिक अवस्था कस्तो छ ?

५. अर्को वडामा यो विषय पढाई भैरहेकोले यो वडामा भिन्न विषयका बारेमा सोच्ने कि ? छिमेकी पालिकामा संचालित विषयभन्दा फरक विषय छनौट गर्ने सुझाव कस्ले दिने ? एक प्राविधिक शिक्षालय देखि अर्को सम्मको भौगोलिक दूरी राख्ने कि नराख्ने ? राख्ने भए कति किमि राख्ने ? प्रवेश परीक्षा, सो को नतिजा, विद्यार्थी भर्ना, सेमेष्टर वा वार्षिक परीक्षा, नतिजा प्रकाशन, मौका परीक्षा लगायतका कुराहरुको तिथि मिति उल्लेख गरी शैक्षिक क्यालेण्डर बनाउन नपर्ने ? बनाउन पर्ने भए कस्ले बनाउने ? शैक्षिक क्यालेण्डर हुँदा सो को कार्यान्वयन गर्न नपर्ने ? परीक्षा सकिएको छ महिनासम्म पनि रिजल्ट दिन नपर्ने ? कति अवधिमा रिजल्ट दिने प्रावधान हुनुपर्ने हो ? शिक्षालयको न्यूनतम नतिजा प्रतिशत तोक्न नपर्ने ? आधा विद्यार्थी पनि उत्तिर्ण गर्न नसक्ने संस्थाको स्विकृति स्थगन गर्न पर्दैन ?

६. विद्यमान विद्यार्थी मूल्याङ्कन प्रणाली उपयुक्त छ त ? विद्यार्थीको प्रयोगात्मक परीक्षाको हैसियतले के असर गरेको छ ? प्रयोगात्मक परीक्षालाई पनि सैद्धान्तिक झैं निर्णयात्मक बनाउने बारेमा सोच्न पर्दैन ? प्रयोगात्मक कक्षाको औचित्य कतै साबित गर्नै नपर्ने हो ? यो विषयको स्नातक र स्नातकोत्तर तहको पढाईको अवस्था के छ ? यो जिल्लामै कतिवटा सरकारी र कतिवटा नीजि अनि कतिवटा सामुदायिक प्राविधिक शिक्षालयहरु संचालनमा छन् ? कुन संस्थाले कति शुल्क के–के शिर्षकमा लिने गरेको छ ? अनुगमन कसैले गरेको छ वा छैन ? अनुगमन रिपोर्टको कार्यान्वयन गर्ने गराउने कुनै निकाय छ वा छैन ? प्रशिक्षकहरु विषयगत र न्यूनतम शैक्षिक योग्यता भएका छन् कि छैनन् ? तोकिएका पूर्वाधारहरु साँच्चै छन् कि कागजमा मात्र उल्लेख हुन् ? एउटा प्राविधिक शिक्षालय संचालनमा सम्वन्धित स्थानियतहको भूमिका र योगदानबारे कहाँ उल्लेख गर्ने ? प्रदेश भित्रका प्राविधिक शिक्षण संस्थाहरुको ब्यवस्थापनमा प्रदेश सरकार नै पर्याप्त छ वा अर्को संयन्त्रको जरुरी छ ? देशको विकास र समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता र योगदानबारे बहस गर्नु पर्दैन ? यी र यो प्रकृतिका सबालहरुको जवाफ कहिले र क–कस्ले खोज्ने हो ?