फाइल तस्बीर

हेटौंडाः महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने निशूल्क स्वास्थ्यजाँच शिविर शुक्रबार मनहरी गाउँपालिका–५, बसन्तपुरमा आयोजना गरिएको छ । जेसीआई बस्तिपुर हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्बर ५ को समन्वयमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा ७४ जनाको स्वास्थ्यजाँच गरिएको थियो । नेपाल स्वास्थ्यकर्मी संघ हेटौंडा उपमहानगरपालिका समितिले शिविरका लागि आवयक औषधि सहयोग गरेको थियो । जेसीआई बस्तिपुरका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षता तथा वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन कार्यक्रम भएको हो । नवराज विष्टको संयोजकत्वमा बसन्तपुर आधारभूत स्वास्थ्य इकाईमा निशूल्क शिविरको आयोजना गरिएको हो ।