लागूऔषध अफिम सहित पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिकाका रविन्द्र मोक्तान ।

हेटौँडा : लागूऔषध अफिमसहित मकवानपुरको कैलाश गाउँपालिका–६, पकनीका २१ वर्षीय रविन्द्र मोक्तान बारा जिल्लाबाट पक्राउ परेका छन् ।

मंगलबार बिहान ९ः३० बजेको समयमा हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको मोक्तानले चलाएको बा ६३ प ८२६२ नम्बरको मोटरसाईकललाई रोकेर प्रहरीले सुरक्षाजाँच गर्दा मोटरसाइकलको सिट मुनी लुकाएर लैजाँदै गरेको अवस्थामा १ किलो ७५० ग्राम लागूऔषध अफिम बरामद भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले बारा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई मोक्तानलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।