हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित ज्ञानोदय बालवाटिका आवासीय विद्यालयको प्रिन्सिपलमा सन्तोष शर्मा नियुक्त हुनुभएको छ । बिहिबारबाट शर्माले प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नु भएको विद्यालय सञ्चालक श्यामकुमार बानियाँले जानकारी दिनुभयो ।
यसअघि विद्यालयको प्रिन्सिपलको जिम्मेवारी पनि सञ्चालक श्यामकुमार बानियाँ नै सम्हाल्दै आउनुभएको थियो । सञ्चालक र प्रिन्सिपलको भूमिका निर्वाह गर्न समय अभाव भएकाले शर्मालाई प्रिन्सिपलको जिम्मेवारी दिएको बानियाँको भनाइ छ । बानियाँले ९ वर्ष प्रिन्सिपलको भूमिका निर्वाह गर्नु भएको थियो ।
नवनियुक्त प्रिन्सिपल शर्मा एक दशक भन्दा बढी समयदेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उहाँ यसअघि हेटौँडा–७, नागस्वतिस्थित तासिर इंग्लिस सेकेण्डरी स्कूलमा सहायक प्रिन्सिपल हुनुहुन्थ्यो ।
ज्ञानोदयलाई हेटौँडाको मात्रै नभई देशकै नमूना र अब्बल विद्यालय बनाउने योजना लिएको प्रिन्सिपल शर्माले बताउनुभयो । यस्तै विद्यार्थीहरूको व्यक्तिगत रूपमा मूल्याङ्कन नगरी भूगोल, परम्परा, संस्कृतिलाई बुझेर त्यही अनुसार विद्यार्थीलाई पठनपाठनमा सामेल गराउने योजना रहेको उहाँले बताउनुभयो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन् ।