हेटौंडाः हेटौंडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयलाई पुस्तक उपहार दिएका छन् । विद्यालयका शिक्षकहरुलाई अध्ययनका लागि पुस्तक उपहार दिइएको हो ।
हेटौंडा–६, हात्तीलेटका अरुण सापकोटा र मालती फूयाँलले छवि अनित्यको हालै प्रकाशित पुस्तक ‘शिक्षकको भाषा’ २५ थान उपहारस्वरुप प्रदान गरेका हुन् । मंगलबार विद्यालय पुगेर पूर्वविद्यार्थीले फूयाँलले विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई उपहारस्वरुप पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
पुस्तक ग्रहण गर्नुहुँदै प्रधानाध्यापक लामिछानेले शिक्षकका लागि उपयोगी पुस्तक प्रदान गरेकोमा पूर्वविद्यार्थीलाई धन्यवाद दिनुभयो । शिक्षकको पठन संस्कृति विकासमा यस किसिमका कार्यले योगदान गर्ने भन्दै प्रधानाध्यापक लामिछानेले प्रत्येक शिक्षकले पुस्तकको अध्ययन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।